काठमाडौँ, पुस २९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यावसायिक सम्बन्ध भएका देशहरूबाट आउने सामानहरूमा २५% भन्सार शुल्क बढाउने निर्णय गरेका छन् ।
सरकार विरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गर्दै गर्दा तेहरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले यस्तो कदम चालेको हो ।
‘इस्लामिक गणतन्त्र इरानसँग व्यापार गर्ने कुनै पनि देशले संयुक्त राज्य अमेरिकासँग गरिने कुनै पनि र सबै व्यापारमा २५% को शुल्क तिर्नेछ,’ ट्रम्पले सोमबार ट्रुथ सोशलमा लेखेका छन्, ‘यो आदेश अन्तिम र निर्णायक छ ।‘
चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स, टर्की र भारत छन् । यसअघि थप प्रदर्शनकारीहरू मारिएमा अमेरिकाले ईरानमा सैन्य हस्तक्षेप गर्ने दाबी ट्रम्पले गरेका थिए ।
ह्वाइट हाउसले भन्सारको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन । इरानमा मुद्रा स्फीतिका कारण दैनिक उपभोग्यको मूल्यवृद्धि हुँदा २८ डिसेम्बरदेखि विरोध प्रदर्शनहरू सुरु भएको छ । यस प्रदर्शनले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सत्ता वैधानिकताको संकटमा छ ।
अमेरिकास्थित मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएनए) ले इरानमा लगभग ५०० प्रदर्शनकारी र ४८ सुरक्षाकर्मीको मृत्यु भएको जनाएको छ ।
तर, पछिल्ला केही दिनयता यहाँ इन्टरनेट र टेलिफोट कटौती गरिएको र सरकारले मृतक संख्या लुकाउन खोजेको छ । त्यही कारण मृतकको संख्या बढी हुनसक्ने अनुमान लगाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















