तम्घास (गुल्मी), पुस २८ गते । रेसुङ्गा नगरपालिकाको फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिता सञ्चालन गथ्र्यो ।
उक्त खेलमैदानमा विभिन्न जिल्लास्तरीय खेलकुदका प्रतियोगिता हुने गर्दथे । यसपटक भने तम्घासको चिदिचौर खेलमैदान निर्माणाधीन छ । त्यसले गर्दा कुनै पनि खेलकुदका कार्यक्रम सञ्चालन भएका छैनन् । यस वर्ष गर्ने कि नगर्ने भन्ने थियो । गुल्मीको इस्मा गाउँपालिकाले वडा नम्बर १ झरनामा पालिकाले जैढुङ्गा बिपी पार्कसँगै अन्तरराष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशाला निर्माण ग¥यो । त्यसले गर्दा जिल्लामा हुने विभिन्न प्रतियोगिता अहिले उक्त रङ्गशालामा हुने गरेका छन् ।
सदरमुकाम तम्घासबाट जम्मा १४ किलोमिटर टाढा रहेको खेलमैदानमा जिल्लादेखि स्थानीयस्तरका सबै खेलकुदका कार्यक्रम सञ्चालन भइरहेका छन् । “खेलमैदानको अभावमा यस वर्ष खेलकुद प्रतियोगिता सञ्चालन गर्ने कि नगर्ने भन्ने थियो”, क्लबका अध्यक्ष नारायण आचार्यले भने, “इस्मामा आकर्षक खेलमैदान बनेको रहेछ, पालिकाले सहयोग गर्ने भए पनि जैढुङ्गा बिपी पार्कमा प्रतियोगिताको आयोजना ग¥यौं ।”
उनले क्रिकेट मैदानलाई फुटबल मैदानका रुपमा प्रयोग गरी प्रतियोगिता सञ्चालन गरेको बताए । ग्रासरुटका खेलाडी उत्पादन गर्न खेलमैदानले सहयोग गरेको उनको भनाइ छ । सदरमुकामको खेलमैदान निर्माणाधीन हुँदा यस वर्ष जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड, जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगितालगायत सदरमुकाम बाहिर सञ्चालन गरिएको थियो ।
इस्मामा एक महिनामै पाँच वटा प्रतियोगिता सम्पन्न
पार्कमा दिनहुँजसो खेलकुदका कार्यक्रम सञ्चालन हुन थालेपछि इस्मा गाउँपालिका खेलकुदमय बन्न थालेको छ । पछिल्लो एक महिनामै पार्कमा पाँच विभिन्न खेलकुदका प्रतियोगिता सम्पन्न भएका छन् । सबैभन्दा पहिले इस्माकै परिवर्तन युवा क्लबले गत मङ्सिर २० देखि २५ गतेसम्म क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो ।
कूल १० टोली सहभागी प्रतियोगिताको उपाधि रुपन्देहीको देवहदको युवा क्लब हात पारेको थियो । दोस्रो खेल गुल्मीको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र पत्रकार महासङ्घबीच मैत्रीपूर्ण भएको थियो । तेस्रो खेलका रुपमा फोर्टिन स्टार युवा क्लबले पुस ८ देखि १० गतेसम्म जिल्लाका माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता गरेको थियो ।
त्यसैगरी चौथो खेल पुस १५ गते विद्युत् कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता तथा पाँचौँ खेलको रुपमा पुस २४ देखि २६ गतेसम्म इस्माको राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भयो । अब छैठौँ खेलका रुपमा तम्घासको खुकुरी युवा क्लबले आगामी माघ ६ देखि १० गतेसम्म विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए ।
कुँवरले पछिल्लो समय पार्कमा घुमफिर, पिकनिक एवं खेलकुदका धेरै कार्यक्रम सञ्चालन हुँदा स्थानीयस्तरमा आर्थिक चलायमान बढेको बताए । स्थानीय उत्पादन बिक्री हुनुका साथै चटपटे, होटल व्यवसाय, फलफुल व्यवसाय लगायतका व्यवसाय बढ्ने र घडेरीको मूल्य वृद्धि भएको वडाध्यक्ष कुँवरको भनाइ छ ।
पछिल्लो समय युवामा क्रिकेटप्रतिको मोह बढ्दै गएपछि इस्मा गाउँपालिकाले वडा नम्बर १ मा बिपी पार्कको नाममा क्रिकेट रङ्गशालाको निर्माण गरेको थियो । सार्वजनिक जग्गा सदुपयोग गरेर बनाइएको उक्त खेलमैदानमा पार्क र वनभोज स्थलसमेत बनाइएको छ । मदन भण्डारी राजमार्गको छेउमा पर्ने जैढुङ्गा बिपी पार्कको काम २०७९ सालबाट सुरु भएको थियो । पहिलो वर्ष २०७९ मा पाँच लाख, २०८०÷८१ मा एक करोड र २०८१÷८२ मा एक करोड २३ लाख लागतमा खेलमैदानसहितको संरचना तयार भएको गाउँपालिका उपाध्यक्ष एवं प्रवक्ता पार्वती कुँवरले बताए ।
उनले पार्कमा माटो बिछ्याउने, खोलाको किनारमा पर्खाल लगाउने, ग्याभिन जाली, तारजाली घेराबार, बगैँचा निर्माण, पिकनिकका लागि संरचना तयार, फलफूलका बिरुवा रोपण, पिउने पानी, पार्किङ, शौचालयलगायत संरचना तयार गरेको बताए ।
“खेलकुदको नयाँ घरका रुपमा खेलमैदान निर्माण गरेका छौँ”, उपाध्यक्ष कुँवरले भने, “भविष्यमा समग्र जिल्लाको खेल पर्यटनलाई वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।” उनले जेनजी आन्दोलनका कारण सङ्घीय सरकारको तीन करोड बजेट रोकिए पनि आगामी वर्षहरुमा खेलमैदानलाई थप आकर्षक र स्तरोन्नति गर्ने योजना रहेको बताए । खेलमैदान निर्माणपछि स्थानीय खेलाडीलाई खेलप्रति मोह बढेको कुँवरको भनाइ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















