01/12/2026, 19:16:30
सोमबार, पुष २८, २०८२

अनलाइन सुरक्षा सुनिश्चित गर्न अस्ट्रेलियाको नयाँ कदम


सिड्नी, पुस २८ गते । मेटाले सोमबार अस्ट्रेलियालाई १६ वर्ष मुनिका किशोरको लागि विश्वकै पहिलो सामाजिक सञ्जाल  प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको छ । यसैबिच कम्पनीले नयाँ कानुन अनुसार पाँच लाख ४४ हजार भन्दा बढी खाता ब्लक गरेको जनाएको छ ।

गत वर्ष डिसेम्बर १० देखि अस्ट्रेलियाले मेटा, टिकटक र युट्युब  जस्ता ठुला प्लेटफर्मलाई अवयस्क प्रयोगकर्ताले खाता नखोल्ने आवश्यकता लगाएको छ । कानुन पालनामा यथोचित कदम नलिएको खण्डमा कम्पनीले (३३ लाख अमेरिकी डलर) जरिवाना भोग्नु पर्ने छ ।

मेटाका संस्थापक मार्क जुकरबर्गले, इन्स्टाग्रामबाट तीन लाख ३१ हजार फेसबुकबाट एक लाख ७३ हजार र थ्रेड्सबाट ४० हजार भन्दा बढी खाता हटाइएको छ । कम्पनीले कानुन पालनामा प्रतिबद्धता जनाएको छ । मेटाले विज्ञप्तिमा भन्यो, “त्यसो भए पनि, हामी अस्ट्रेलियन सरकारले उद्योगसँग मिलेर सुरक्षित, गोपनीयता सुरक्षित, उमेर अनुसार उपयुक्त अनुभव प्रदान गर्ने उपाय खोज्न आह्वान गर्दछौँ ।

कम्पनीले पुनः अघिल्लो आह्वान दोहोर्याउँदै भनेको छ कि एप स्टोरले मानिसको उमेर प्रमाणित गर्न र १६ वर्ष मुनिका बालबालिकाले एप डाउनलोड गर्नु अघि अभिभावकको स्वीकृति लिनु पर्ने छ । यसले मात्र किशोरलाई प्रतिबन्ध बचाएर नयाँ एपतर्फ सर्नबाट रोक्न सक्ने छ ।

सरकारले सामाजिक सञ्जाल कम्पनीलाई अस्ट्रेलियाली युवा माथि हुने नोक्सानीको जिम्मेवार बनाउनु पर्ने भनेको छ । सरकारी विज्ञप्तिमा भनिएको छ, “मेटा जस्ता प्लेटफर्मले आफ्ना प्रयोगकर्ताको डेटा व्यावसायिक उद्देश्यका लागि सङ्कलन गर्छन् । उहाँले उक्त जानकारी प्रयोग गरेर अस्ट्रेलियाली कानुन पालन गर्न र १६ वर्ष मुनिका मानिसलाई प्लेटफर्ममा नराख्न सुनिश्चित गर्न सक्ने छन् ।

मेटाले अभिभावक र विज्ञलाई पनि उद्धृत गर्दै भनेको छ,“प्रतिबन्धले किशोरलाई अनलाइन समुदायबाट अलग पार्न सक्छ र केहीलाई कम नियन्त्रित एप तथा इन्टरनेटका अन्धकारमय भागतर्फ धकेल्न सक्छ । प्रारम्भिक प्रभावले ‘अस्ट्रेलियाली किशोरको सुरक्षा र भलाइ बढाउने उद्देश्य पूरा भएको छैन’ भन्ने देखाएको कम्पनीको भनाइ छ ।

उमेर निर्धारण गर्ने उद्योग मानकको अभावप्रति चिन्ता व्यक्त गर्दै, मेटाले अस्ट्रेलियाली कानुनको पालना ‘बहु–स्तरीय प्रक्रिया’ हुने बताएको छ । प्रतिबन्ध लागु भएदेखि कम्पनीले ओपनएज इनिसियेटिभ  नामक गैर–नाफामूलक समूह स्थापना गरेर सहभागी प्लेटफर्मसँग प्रयोग गर्न मिल्ने उमेर–प्रमाणीकरण उपकरण एजेकीज (एजकीज) सुरु गरेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..