काठमाडौँ, पुस २६ : एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्ष्य गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ ।
विद्यार्थीलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्न ल्याइएको यो प्याकले युवा वर्गलाई मोबाइल कनेक्टिभिटी मार्फत सधैं जोडिराख्ने कम्पनीको दाबी छ ।
सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी यो सिम लिएर यसको फाइदा लिन सक्छन् । यो प्याकको मूल्य करसहित मात्र २९९ मूल्य तोकिएको कम्पनीले जनाएको छ ।

यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टू–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’मा निःशुल्क पहुँच उपलब्ध छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










