01/12/2026, 15:32:21
सोमबार, पुष २८, २०८२

एलजी नेपालको क्याम्पियनअन्तर्गत दोस्रो चरणका चार जना विजेताको घोषणा


काठमाडौँ, पुस २८ गते। एलजी नेपालले घोषणा गरेको क्याम्पियनअन्तर्गत दोस्रो चरणका विजेताहरू घोषणा गरिएको छ । नेपालभर लागू भएको यस विशेष योजनामा एलजी नेपालले नेपालभरबाट दोस्रो चरणका चार जना भाग्यशाली विजेताहरू छनोट गरेको छ ।

दोस्रो चरणका भाग्यशाली चार जना विजेतामा धीरज बस्नेत, प्रमिला तिम्सिना, माधव न्यौपाने र ग्यामुराम न्यौपाने रहेका छन् ।

काठमाडौंको चाबहिलनिवासी धीरज बस्नेतले एसपाएर इलेक्ट्रोनिक्स कालीमाटीबाट टीभी खरिद गरेका थिए । त्यसैगरी, विराटनगरनिवासी प्रमिला तिम्सिनाले विराटनगरबाट रेफ्रिजेरेटर खरिद गरेकी थिइन् भने‍ वालिङनिवासी माधव न्यौपानेले डीके इलेक्ट्रोनिक्स सप्लायर्सबाट वासिङ मेसिन खरिद गरेका थिए ।

त्यस्तै, प्युठाननिवासी ग्यामुराम न्यौपानेले टेलिट्रोनिक्स इन्टरनेसनलबाट वासिङ मेसिन खरिद गरेका थिए ।

यही २९ मंसिरदेखि एलजी नेपालले विश्वस्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरेको थियो । कम्पनीले यही फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने टी– २० विश्वकप क्रिकेटलाई लक्षित गर्दै क्याम्पियनका दोस्रो चरणका विजेताहरू घोषणा गरेको हो ।

यस योजनाअन्तर्गत एलजीका कुनै पनि सामान खरिद गर्दा ग्राहकहरूले वानखेड़े स्टेडियम मुम्बईमा नेपालका कुनै एक खेल प्रत्यक्ष हेर्ने पाउनेछन् । नेपालको पहिलो चरणका सबै खेल मुम्बईमा हुन गइरहेका छन् ।

एलजीले ४ रात ५ दिनको मुम्बई यात्रालगायत नेपालको खेल प्रत्यक्ष हेर्न सम्पूर्ण क्रिकेटप्रेमीका लागि अवसर जुराएको र यसमा लाग्ने सबै खर्च कम्पनीले नै व्यहोर्ने, जसले उनीहरूको यात्रा सहज र अविस्मरणीय बनाउने कम्पनीको दाबी छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..