काराकास, पुस २८ गते। भेनेजुएलाले आइतबार क्युवासँगको आफ्नो ‘ऐतिहासिक धारणा’ पुनः दोहो¥याउँदै भ्रातृत्व, ऐक्यबद्धता, सहकार्य र सिद्धान्तप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको छ । वाशिङ्टनबाट क्युवासँगको सम्बन्ध तोड्न बढ्दो दबाबका बाबजुद भेनेजुएलाले आफ्नो अडान कायम राखेको हो ।
भेनेजुएला सरकारले जारी गरेको एक विज्ञप्तिमा जनताको आत्मनिर्णयको अधिकार र सार्वभौमिकताको स्वतन्त्र अभ्यासप्रति आफ्नो समर्थन दोहो¥याइएको छ । सरकारका अनुसार यी मूल्यहरू अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत स्तम्भ हुन् ।
विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनमा समावेश सिद्धान्तहरूप्रति आफ्नो प्रतिबद्धता पनि स्पष्ट गरिएको छ । साथै, भेनेजुएला र क्युवाबीचको दीर्घकालीन तथा निरन्तर विकसित हुँदै आएको सम्बन्धलाई उल्लेख गरिएको छ ।
भेनेजुएला सरकारले राज्यहरूबीचको सम्बन्ध गैर–हस्तक्षेप, सार्वभौमिक समानता र आत्मनिर्णयको सिद्धान्तमा आधारित हुनुपर्नेमा जोड दिएको छ । कुनै पनि प्रकारका विवादहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्न ‘राजनीतिक तथा कूटनीतिक संवाद’ नै एक मात्र व्यवहारिक मार्ग भएको सरकारको धारणा छ ।
यो वक्तव्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट भेनेजुएलामाथि क्युवालाई अलग्याउन दबाब बढिरहेको समयमा आएको हो । ट्रम्पले भेनेजुएलालाई क्युवातर्फ जाने इन्धन तथा आर्थिक सहयोग रोक्न आग्रह गर्दै आएको छ ।
भेनेजुएलाले भने आफ्नो विदेश नीति स्वतन्त्र र सार्वभौमिक निर्णयमा आधारित हुने स्पष्ट पार्दै मित्र राष्ट्रहरूसँगको सम्बन्ध बाह्य दबाबका आधारमा परिवर्तन नहुने सङ्केत दिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















