काठमाडौँ, पुस २८ गते । नेकपा एमालेका पुराना नेता तथा अछाम जिल्ला इन्चार्ज भैरबबहादुर बोहोराले पार्टी छाडेका छन् । सोमबार बोहोराले एक वक्तव्य जारी गर्दै नेकपा एमालेको नेतृत्व सत्ता केन्द्रीत, अहङ्कारी र स्वेच्छाचारी भएर विपरीत सिद्धान्त र व्यवहार भएकाहरूसँग साँठगाँठ गर्न लागेको भन्दै पार्टी छाड्नुपरेको बताएका छन् ।
साथै उनले अबको यात्रा नेपाली कम्युनिस्ट पार्टीमार्फत हुने समेत जानकारी गराएका छन् । अछाम नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलको गृह जिल्ला हो ।
बोहोराको वक्तव्य राख्दै रावलले नेपालमा कम्युनिस्ट पार्टीको निर्माण र विकासमा अछामदेखि काठमाडौँसम्म लामो समय सहयात्रा गरेका बोहरासँग आजदेखि पुनः एउटै भावनाका साथ एउटै पार्टीमा अघि बढ्ने सङ्कल्प गरेका भन्दै खुसी व्यक्त गरेका छन् ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!










