01/05/2026, 10:48:18
सोमबार, पुष २१, २०८२

भेनेजुएलामा अमेरिकी आक्रमण: ४० जनाको मृत्यु


काठमाडौँ, पुस २० गते ।  भेनेजुएलामा शनिवार भएको अमेरिकी हमलामा कम्तीमा ४० जनाको मृत्यु भएको छ।

भेनेजुएलाका एक अधिकारीले शनिवारको हमलामा कम्तीमा ४० जनाको मृत्यु भएको भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले उक्त जानकारी दिएको हो। उक्त आक्रमणमा अमेरिकी सेनाका कुनै पनि सदस्यको मृत्यु नभएको जनाइएको छ। यद्यपि केही व्यक्ति घाइते भएका छन्।

आक्रमणपछि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई शनिवार दिउँसो न्युयोर्क ल्याइएको अमेरिकी पक्षले जानकारी दिएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..