काठमाडौँ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलसँग आबद्ध अन्तरिम सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् ।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग महासेठले चुनावी सरकारमा गएका मन्त्रीहरू आफ्नो नैतिकता विपरीत राजनीतिक क्रियाकलापमा सक्रिय रहेकाले राजीनामा दिनुपर्ने र राजीनामा नआए प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताए ।
पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बस्नेहरूले राजीनामा दिएर चुनावी मैदानमा आउनुपर्ने उनको भनाइ छ ।
महासेठले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने वातावरण सरकारले बनाउन नसकेको जिकिर गरे । सरकार आफैँ निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको उनको आरोप छ ।
जेन जेड आन्दोलनका क्रममा लुटिएका हजारौँ हतियार र भागेका कैदी फिर्ता हुन नसकेको अवस्थामा भयरहित र निष्पक्ष चुनाव हुनेमा महासेठले शंका गरेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















