12/24/2025, 17:36:11
बुधबार, पुष ०९, २०८२

मस्कोमा आजपनि विष्फोट, दुई प्रहरीसहित तीन जनाको मृत्यु


काठमाडौं, पुस ९ गते । रुसको राजधानी मस्कोमा आज अर्को विष्फोट भएको छ । बुधबार भएको विष्फोटमा दुई प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको रूसी अधिकारीहरुले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।

रुसको अनुसन्धान समितिले दुई ट्राफिक प्रहरी अधिकारीहरूले शहरको येलेत्स्काया स्ट्रिटमा रहेको प्रहरी कार नजिकै एक ’शंकास्पद व्यक्ति’ देखेको र जब उनीहरू उसलाई पक्राउ गर्न गएपछि विस्फोटक पदार्थ विस्फोट भएको बताएका छन् ।

गम्भीर चोटपटक लागेर दुवै प्रहरी अधिकारीको मृत्यु भएको र अर्को एक जना स्थानीयको पनि विस्फोटमा मृत्यु भएको बताइएको छ । यसअघि सोमबार राजधानी मस्कोमा भएको कार बम विस्फोटमा एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..