02/02/2026, 21:38:20
सोमबार, माघ १९, २०८२

न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु


न्युयोर्क, माघ १९ गते । गएको हप्तादेखि न्युयोर्क सहरमा चिसोका कारण १४ जनाको मृत्यु भएको मेयर जोहरान ममदानीले पुष्टि गर्नु भएको छ । प्रारम्भिक अनुसन्धानले चिसोका कारण आठ जनाको मृत्यु भएको पुष्टि गरेको स्थानीय मिडियाले जनाएका छन् ।

अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी-२५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरुद्ध गरेको जनाइएको छ । ममदानीले अहिलेसम्म छ करोड ७० लाख पाउन्ड हिउँ पग्लि सकेको पुष्टि गर्दै हिउँ पगाली उक्त स्थान सफा गर्न १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको बताउनु भएको छ ।

घरबार विहीन तथा विस्थापितलार्ई चिसो तापक्रमसँग जुझ्न मद्दत गर्न सुरक्षात्मक उपाय अपनाइएको जनाइएको छ । नयाँ आश्रय तथा एकाइ घरबार विहीनका लागि खुला हुने र तातो र सुरक्षित आश्रय न्युयोर्क सहरका पाँच वटा स्थानमा मानिसका लागि खुला रहने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..