वासिङ्टन डीसी, माघ ६ गते । अमेरिकाको मिशिगन राज्यमा आएको भीषण हिम आँधीका कारण एउटा राजमार्गमा १०० भन्दा बढी सवारीसाधन एकआपसमा ठोक्किएको वा सडकबाट चिप्लिएर दुर्घटनामा परेका छन् । सोमबार ग्रान्ड र्यापिड्स सहरको दक्षिण–पश्चिमतर्फ रहेको इन्टरस्टेट १९६ राजमार्गमा भएको उक्त दुर्घटनापछि दुवै दिशाको सडक पूर्ण रूपमा बन्द गरिएको मिशिगन स्टेट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ३० भन्दा बढी ट्रेलर ट्रकसहित कयौँ गाडी दुर्घटनामा परेका छन् । यसमा धेरै मानिस घाइते भए पनि हालसम्म कसैको मृत्यु भएको पुष्टि नभएको प्रहरीले बताएको छ । सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा सार्वजनिक तस्बिर तथा भिडियोमा हिउँले ढाकिएको सडकमा ट्रक र कारहरू लामो दूरीसम्म एकआपसमा ठोक्किएको देखिन्छ ।
यो दुर्घटना अमेरिकाभर फैलिँदै गएको कडा हिउँदे आँधीको पछिल्लो प्रभाव हो । अमेरिकी राष्ट्रिय मौसम सेवाले मिनेसोटादेखि विस्कोन्सिन, इन्डियाना, ओहायो, पेन्सिलभेनिया हुँदै न्यूयोर्कसम्म अत्यधिक चिसो र हिउँ आँधीको चेतावनी जारी गरेको छ । हिउँका कारण अगाडिका गाडीसमेत देख्न नसक्ने अवस्था रहेको दुर्घटनाका साक्षी चालक पेद्रो माटा जुनियरले एसोसिएटेड प्रेससँगको कुराकानीमा भने ।
२०–२५ माइल प्रतिघण्टाको गतिमा चलाइरहेका उनी समयमै गाडी रोक्न सफल भए । ‘पछाडितिरबाट गाडीहरू ठोक्किएको ड्याङड्याङ डुङडुङको आवाज सुन्दा निकै डर लाग्यो,’ उनले भनेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















