01/09/2026, 10:25:53
शुक्रबार, पुष २५, २०८२

अमेरिकामा अध्यागमन अधिकारीले गोली चलाउँदा एक महिलाको मृत्यु


वासिङ्टन डीसी, पुस २४ गते । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा अमेरिकी अध्यागमन अधिकारीले एक ३७ वर्षीया एक महिलालाई गोली हानी हत्या गरेपछि विवाद चर्किएको छ ।

बिबिसीका अनुसार स्थानीय अधिकारीहरूले यो घटना आत्मरक्षाका लागि भएको भन्ने ट्रम्प प्रशासनको दाबी अस्वीकार गरेका छन् । अमेरिकी गृह सुरक्षा विभागले रेनी निकोल गुड नामकी ती महिलाले अध्यागमन एजेन्टहरूलाई गाडीले किच्ने प्रयास गरेको दाबी गरेको छ । मिनियापोलिसका मेयर ज्याकोब फ्रेले भने यसलाई ’शक्ति प्रयोग’ को घटना भनेका छन् ।

अवैध आप्रवासीविरूद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले देशव्यापी कारबाही थालेपछि सयौं अध्यागमन एजेन्टहरू मिनियापोलिसमा तैनाथ गरिएका छन् । बुधबार बिहान करिब १०:२५ बजे भएको गोलीकाण्डको क्षण सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा देखिन्छ ।

विभिन्न कोणबाट खिचिएका ती भिडिओमा मिनियापोलिसको एक आवासीय सडकमा एक एसयुभी गाडी बाटो छेकेर रोकिएको देखिन्छ । सडक छेउमा विरोध प्रदर्शन गरिरहेका जस्ता देखिने मानिसहरूको भिड उभिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..