01/08/2026, 10:10:43
बिहिबार, पुष २४, २०८२

हिमपातका कारण युरोपमा ६ जनाको मृत्यु


ब्रसेल्स, पुस २३ गते । हिमपात र चिसो मौसमका कारण युरोपका धेरै जसो ठाउँमा यातायात अवरुद्ध भएको छ । हिमपातसँग सम्बन्धित घटनामा साे क्षेत्रमा ६ जनाको मृत्यु भएको छ ।

फ्रान्सको दुई क्षेत्रमा मात्रै पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बोस्नियाको राजधानी साराजेभोमा एक महिलाको मृत्यु भएको छ ।

युरोपभरमा सयौँ उडान रद्द भएपछि पेरिस र आम्सर्टड्यामका विमानस्थलमा हजारौँ यात्रु अलपत्र परेका छन् । यो स्थिति बुधबारसम्म रहने अनुमान गरिएको छ ।

मंगलबार राति र बुधबार थप हिमपात हुने अनुमान गरिएको फ्रान्सका यातायात मन्त्री फिलिप टाबारोटले भनेका छन् । सकेसम्म यात्रा नगर्न उनले सर्वसाधारणसँग अनुरोध गरेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..