काठमाडौँ, पुस २३ : राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिएको छ ।
२३ र २४ भदौको घटनामा अनुसन्धान गरिरहेको आयोगले वुधबार आयोगमा बोलाएर लामिछानेको बयान लिएको हो । आयोगले ‘२४ गते नख्खु कारागारबाट किन निस्कनु भयो ?’ र ‘कहिले फर्कनु भयो ?‘ देखि जेलबाट कैदीहरु निस्कँदा परेको असरसम्म प्रश्न गरेको थियो ।
आयोगले लिलि थापाको नेतृत्वमा जेन–जी आन्दोलनको समयमा भएका घटनाहरुको अध्ययन गरिरहेको छ । यही क्रममा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसम्मको बयान लिइसकेको छ ।
आयोग स्रोतका अनुसार लामिछाने बयानमा लागि १ बजे आयोग पुगेका थिए भने करिब ३ बजे बयान सकेर बाहिरिएका थिए । आयोग अनुसन्धानको अन्तिम चरणमा छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











