01/09/2026, 12:42:32
शुक्रबार, पुष २५, २०८२

मतपत्र छपाइको काम जारी


काठमाडौँ, पुस २४ गते । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ ।

जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ सुरु भएको छ । आयोगका अनुसार १० लाख नमुना मतपत्र छपाइ हुनेछ । जनक शिक्षाका अनुसार करिब २ करोड ८ लाख समानुपातिक मतपत्र छपाइ हुनेछ ।

समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्द सूची बुझाएका छन् । यसमध्ये १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्दै छन् । यसकारण समानुपातिकको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह हुनेछ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..