12/29/2025, 17:04:48
सोमबार, पुष १४, २०८२

७ सचिवको सरुवा, को कहाँ


काठमाडौँ,  पुस १४ गते । गृह सचिवसहित ७ सचिवको सरुवा भएको छ । पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले सात सचिवको सरुवा गरेको हो । सरुवा अनुसार, गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरिएको छ ।

गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएको छ। यस्तै लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई ल्याइएको छ ।

युवा तथा खेलकुद सचिव डा. हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई सरुवा गरिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..