12/29/2025, 17:57:42
सोमबार, पुष १४, २०८२
नेटवर्किङ विजनेस

अनलाइन जागिरको प्रलाेभन देखाएर २७ लाख ठगी गर्ने दुई जना पक्राउ


गुल्मी, पुस १४ : अनलाइन जागिरबाट पैसा कमाउने प्रलाेभन देखाएर झण्डै २७ लाख ठगी गरेकाे आरोपमा दुई जना पक्राउ परेका छन् ।

धुर्काेट गाउँपालिका-३ की एक महिलाको २६ लाख ९६ हजार हजार ठगी गर्ने पर्साकाे वीरगन्ज उपमहानगरपालिका– २१ का २६ वर्षीय श्रवणकुमार पटेल काठमाडौंबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिले नेटवर्किङ विजनेसकाे माध्यमबाट अनलाइन जागिर मार्फत रकम कमाउन सकिने भन्दै थरीथरी प्रलोभन देखाएर विभिन्न समयमा उक्त रकम ठगी गरेका थिए ।

यहीँ ठगी आराेपका अर्का प्रतिवादी कैलाली लम्कीचुहा नगरपालिका-६ का ४७ वर्षीय विष्णुबहादुर रावल यसअघि पक्राउ परिसकेका छन् । याे घटनामा स‌ंलग्न अन्य केहीकाे खाेजी भइरहेको डीएसपी सारुले बताए ।

– सन्तोष महतारा