काठमाडौँ, पुस १४ : नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा या राष्ट्रिय सभामा यस अघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।
पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई सिफारिस नहुने भएका छन् । यस अघि सांसद नभएका प्रमेश हमाल, मित्र परियार लगायत ११० जना समानुपातिक उम्मेदवारको सूची पठाइँदैछ ।
आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन सिफारिस सूची तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिष्ट पार्टीले मात्रै गरेको संयोजक पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














