03/01/2026, 12:38:54
आइतबार, फागुन १७, २०८२

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य


काठमाडौं, फागुन १७ ।  नेपाली बजारमा सुनको मूल्यमा पाँच हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज सुनको मूल्य तीन लाख २० हजार ५०० रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला पाँच हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि पाँच हजार ७४० रुपैयाँ रहेको थियो। दुई दिनमा चाँदी प्रतितोला २४५ रुपैयाँले वृद्धि भएको महासंघले जानकारी दिएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..