काठमाडौँ, पुस १३ : जेन–जी आन्दोलनबाट उदाएका सुधन गुरुङले २३ र २४ भदौको घटनाका सम्बन्धमा छानबिन गर्न गठन भएको जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिएका छन् । त्यही क्रममा उनले आफू आबद्ध हामी नेपाल संस्थाको आर्थिक कारोबारका विवरणहरु बुझाएका छन् ।
उनी आइतबार आयोगमा उपस्थित भएर हामी नेपालसँग आबद्ध आर्थिक कारोबारसम्बन्धी हालसम्मका सम्पूर्ण कागजातको ढड्ढासमेत बुझाएको गुरुङले जानकारी दिए । आफूहरुमाथि लगाइएको आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा आज जाँचबुझ आयोगमा उपस्थित भएको र सत्य कहिल्यै नडराउने गुरुङले दाबी गरे । छानबिनमार्फत सत्य उजागर हुनेछ भन्नेमा आफू पूर्ण विश्वस्त लिएर आयोगमा गएको उनले बताए ।

हामी नेपालमाथि सहयोग दुरुपयोग गरेको लगायतको आरोप लगाएपछि आफूले सबै प्रमाण बोल्नुपर्छ भनेर आयोगमा उपस्थित भएर प्रमाण बुझाएको उनले बताए । उनले जाँचवुझ आयोगले सत्य देखाउने विश्वास रहेको बताए । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पुगेर गुरुङले हामी नेपालको खर्च र आम्दानीको विवरण बुझाएका हुन् । आयोग गैरसरकारी संस्थाहरुसँग पनि विवरण माग गरेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












