झापा, माघ २२ गते । झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रहेको रास्वपाको सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा ढुङ्गा प्रहार भएको छ । उक्त घरको माथिल्लो तलामा रास्वपाले चुनावी रणनीति बनाउन र उम्मेदवार बालेन शाहले स्थानीयसँग भेटघाट गर्न सम्पर्क कार्यालय स्थापना गरेको थियो ।
झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार गएराति अज्ञात समूहले अचानक ढुङ्गामुढा गरेको हो । ढुङ्गाले लागेर घरको एउटा झ्यालको सिसा फुटेको छ । ‘रास्वपाले एउटा कोठा भाडामा लिएको भए पनि तोडफोडबाट घरबेटी बस्ने तर्फका सिसाहरू समेत फुटेका छन्’ डीएसपी खड्काले भने ।
झापा ५ बाट यस पटक रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारी दिएका छन् । घटनास्थलको मुचुल्का उठाएर प्रहरीले अनुसन्धान अघि बढाएको र दोषीको खोजी सुरु गरिसकेको जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










