काठमाडौँ, माघ २२ : काठमाडौं महानगरपालिका विभिन्न क्षेत्र हुँदै बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कारबाही गर्ने भएको छ ।
थापाथलीस्थित काठमाडौं महानगरपालिका-११ मा भएको बागमती सफाइ अभियानकर्मीहरुको बैठकमा सहभागी वडाध्यक्ष हीरालाल तण्डुकारले यस्तो जानकारी दिएका हुन् । उक्त समूहले १३ वर्षदेखि बाग्मती तथा उपत्यकाका अन्य नदी एवं खोला तथा सार्वजनिक स्थान, चक्रपथ, नेपालका पूर्वदेखि पश्चिम, हिमाल, पहाड, तराईका स्थानमा सरसफाइ अभियान चलाउँदै आएको छ । उक्त अभियानबाट आमनागरिकको सोचाइमा परिवर्तन भएको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।
फोहर वर्गीकरण गरी मोहरको रूपमा वैज्ञानिक रुपले व्यवस्थापन गर्नुपर्नेमा बैठकमा जोड दिइएको छ । फोहर व्यवस्थापनसम्बन्धी नियम कानुन बने पनि त्यसको कार्यान्वयन गर्ने निकायले बेवास्ता गरेकाले यसतर्फ ध्यान दिनुपर्ने सफाइ महाअभियान एवं उपत्यकाका सरसफाइ अभियानकर्मीको भनाइ छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले यसतर्फ आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










