काठमाडौँ, पुस १४ : तत्कालीन गृहमन्त्री रमेश लेखकले सिंगो देश नै खरानी भएका बेला आफ्नो क्षति गौण भएको बताएका छन् ।सोमबार भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिँदै उनले व्यक्तिगत रूपले आफ्नो पनि ठूलो क्षति भएको बताएका हुन् ।
‘व्यक्तिगत रूपले यो घटनामा मेरो आफ्नो पनि ठूलो क्षति भएको छ । महेन्द्रनगर र काठमाडौंका घरहरू आगो लगाएर नष्ट गरिए ।…तैपनि सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई गौण ठानेको छु,’ लेखकले भनेका छन् ।
त्यस्तै लेखकले २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिए पनि २४ गतेको घटना भने नियोजित भएको बताएका छन् ।
यस्तो छ लेखकको बयान [पूर्णपाठ]
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













