काठमाडौँ, माघ २४ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार बिहान ८ : ३० बजे ‘जुम’मार्फत बस्ने छ। बैठकमा पदाधिकारीहरुलाई उपस्थित हुन भनिएको छ। बैठकमा मुख्यतया ३ एजेन्डामाथि छलफल हुने बताइएको छ।
नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन र सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिकाबारे छलफल हुने छ। त्यस्तै केन्द्रीय अनुशासन समिति गठनबारे पनि छलफल भएर निर्णय लिइने छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














