02/07/2026, 15:09:56
शनिबार, माघ २४, २०८२

कैलालीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु, आफन्तद्वारा जक्का जाम


घोडाघोडी(कैलाली), माघ १४ गते । कैलालीको लम्कीचुहा नगरपालिका-१०, चुहा नजिकै ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ठक्करबाट गम्भिर घाइते लम्कीचुहा वडा नम्बर ८ का १५ वर्षीय शिरिष भण्डारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सु.प्र. ०१००१ख २८५० नम्बर ट्रकले ठक्कर दिँदा साइकल सवार भण्डारी गम्भीर घाइते हुनुभएको थियो ।

उहाँको लम्कीस्थित लालरत्त अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहान मृतकका आफन्त, स्थानीयले पूर्वपश्चिम महेन्द्र राजमार्गमा उचित क्षतीपूतिको माग गर्दै जक्का जाम गरेका छन् ।

ट्रक चालक ३९ वर्षीय रामदत्त भट्ट  र ट्रक प्रहरी नियन्त्रण रहेको जनाइएको छ । पीडित पक्षसँग छलफल गरी बाटो खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

– चाँदनी आचार्य