02/06/2026, 16:01:13
शुक्रबार, माघ २३, २०८२

बैतडी बस दुर्घटना : पुर्चौडी नगरपालिकामा आज शोक बिदा


बैतडी,  माघ २३ गते । बस दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्मानमा बैतडीको पुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले बिहीबार साँझा भएको बस दुर्घटनामा भएका ज्यान गुमाउनेहरूप्रति दु:ख व्यक्त गर्दै आज (शुक्रबार) शोक बिदा दिएको हो ।

‘दिवङ्गत आत्माहरूको सम्मानमा मिति २०८२/१०/२३ गते शुक्रबारका दिन यस पुर्चौडी नगरपालिका कार्यालय एव यसअन्तर्गतका अत्यावश्यक सेवाबाहेक सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरूमा शोक बिदा दिने निर्णयानुसार यो सूचना जारी गरिएको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

सो नगरपालिकाको वडा नम्बर ७ स्थित बडगाँउमा जन्ती सवार बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..