02/06/2026, 16:06:46
शुक्रबार, माघ २३, २०८२

पुनः पक्राउ परे दुर्गा प्रसाईँ


काठमाडौँ, माघ २३ गते । नागरिक बचाउन अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन् । काठमाडौँको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईँलाई पक्राउ गरिएको हो।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईँलाई पक्राउ गरिएको हो।

यसअघि पनि ५ माघमा प्रसाईँ पोखराबाट पक्राउ परेका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..