जकार्ता, माघ २३ गते । अष्ट्रेलिया र इन्डोनेसियाले दक्षिणपूर्वी एसियाको अर्थतन्त्रमा सहयोग र नयाँ सैन्य प्रशिक्षण सुविधाहरूको लागि मार्ग प्रशस्त गर्दै शुक्रबार सुरक्षा सन्धिमा हस्ताक्षर गरेका छन् ।
सम्झौताले अष्ट्रेलियाको रक्षा बलभित्र एकजना वरिष्ठ इन्डोनेसियाली अधिकारीलाई समावेस गराउने रक्षा पहललाई सहज बनाउने अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले विज्ञप्ति मार्फत जनाएका छन् ।
इन्डोनेसियाको संयुक्त अभ्यास गर्ने क्षमता बढाउन सैन्य प्रशिक्षण सुविधाको विकासमा पनि अस्ट्रेलियाले सहयोग गर्ने उहाँले बताएका छन् । क्यानबेराले चीनको बढ्दो प्रभावको सामना गर्न एसिया–प्रशान्त क्षेत्रमा आफ्नो सैन्य शक्ति बढाउन खोजिरहेको जनाइएको छ ।
अल्बनिजले सन्धिलाई राष्ट्रहरूको सम्बन्धमा एउटा ऐतिहासिक क्षण का रूपमा स्वागत गरेका छन् ।
इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले नयाँ सन्धिले असल छिमेकी सिद्धान्त प्रति दृढ प्रतिबद्धता र इन्डोनेसियाको स्वतन्त्र र सक्रिय विदेश नीतिलाई प्रतिबिम्बित गरेको बताएका छन् ।
हाल अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिज इन्डोनेसियाको पाँचौँ आधिकारिक भ्रमणमा छन् जुन शनिबार समापन हुदै छ ।
उनले यो सन्धिलाई सुरक्षा र रक्षा सहयोगको रुपमा वर्णन गर्दै अष्ट्रेलियामा इन्डोनेसियाको बढ्दो लगानीको प्रशंसा गरेका गरेका छन् । सन्धि सन् २०२४ को रक्षा सम्झौतामा आधारित छ, जसले विवादित एसिया–प्रशान्त क्षेत्रमा घनिष्ठ सहयोगको प्रतिज्ञा गरेको छ ।
सन् २०२४ को सम्झौता हस्ताक्षर भएको केही महिना पछि हजारौँ इन्डोनेसियाली र अस्ट्रेलियाली सेनाले पूर्वी जाभामा संयुक्त अभ्यास गरेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















