02/06/2026, 16:00:22
शुक्रबार, माघ २३, २०८२

बैतडीमा भएको बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त


काठमाडौँ,  माघ २३ गते ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीमा भएको बस दुर्घट‍नाप्रति दुःख व्यक्त गरेका छन् । सभापति थापाले प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनामा १३ जनाको असामयिक निधन भएको खबरले मलाई मर्माहत तुल्याएको छ । विवाह उत्सवबाट फर्किएका आफन्तहरूको यस अकल्पनीय मृत्युले स्तब्ध बनाएको छ ।’

सभापति थापाको विज्ञप्तिमा भनिएको छ, ‘यस पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीरशान्तिको कामना साथ शोकाकूल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।’

साथै सभापति थापाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..