02/06/2026, 11:34:00
शुक्रबार, माघ २३, २०८२

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, माघ २३ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपियाँ २८ पैसा र बिक्रीदर १४४ रूपियाँ ८८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रूपियाँ ११ पैसा र बिक्रीदर १७० रूपियाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपियाँ ३१ पैसा र बिक्रीदर १९७ रूपियाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रूपियाँ ५५ पैसा र बिक्रीदर १८६ रूपियाँ ३२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०१ रूपियाँ ७३ पैसा र बिक्रीदर १०१ रूपियाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपियाँ ४३ पैसा र बिक्रीदर १०५ रूपियाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपियाँ २८ पैसा र बिक्रीदर ११३ रूपैयाँ ७५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपियाँ १८ पैसा र बिक्रीदर नौ रूपियाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपियाँ ७९ पैसा र बिक्रीदर २० रूपियाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपियाँ ४७ पैसा र बिक्रीदर ३८ रूपियाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपियाँ ५८ पैसा र बिक्रीदर ३९ रूपियाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपियाँ ५५ पैसा र बिक्रीदर चार रूपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपियाँ २८ पैसा र बिक्रीदर ३९ रूपियाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपियाँ ५५ पैसा र बिक्रीदर ३६ रूपियाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपियाँ ८४ पैसा र बिक्रीदर नौ रूपियाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपियाँ ०३ पैसा र बिक्रीदर १६ रूपियाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपियाँ ७८ पैसा र बिक्रीदर २२ रूपियाँ ८८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपियाँ ४७ पैसा र बिक्रीदर १८ रूपियाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रूपियाँ १२ पैसा र बिक्रीदर ४७४ रूपियाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपियाँ ७१ पैसा र बिक्रीदर ३८४ रूपियाँ ३० पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रूपियाँ ७८ र बिक्रीदर ३७६ रूपियाँ ३४ पैसा रहेको छ । यस्तै, भारतीय रूपियाँ एक सयको खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..