01/25/2026, 09:57:35
आइतबार, माघ ११, २०८२

यस्तो छ विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, माघ ११ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८१ पैसा र बिक्रीदर १४७ रुपियाँ ४१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपियाँ ३१ पैसा र बिक्रीदर १७३ रुपियाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपियाँ ५८ पैसा र बिक्रीदर १९९ रुपियाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपियाँ ६१ पैसा र बिक्रीदर १८६ रुपियाँ ३७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०० रुपियाँ ५५ पैसा र बिक्रीदर १०० रुपियाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ५० पैसा र बिक्रीदर १०६ रुपियाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ७५ पैसा र बिक्रीदर ११५ रुपियाँ २२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ०८ पैसा र बिक्रीदर २१ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ १५ पैसा र बिक्रीदर ३९ रुपियाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ २८ पैसा र बिक्रीदर ४० रुपियाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ७१ पैसा र बिक्रीदर चार रुपियाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ९७ पैसा र बिक्रीदर ४० रुपियाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ६५ पैसा र बिक्रीदर ३६ रुपियाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ २७ पैसा र बिक्रीदर १६ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ०७ पैसा र बिक्रीदर २३ रुपियाँ १६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८३ पैसा र बिक्रीदर १८ रुपियाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपियाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपियाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपियाँ ३९ पैसा र बिक्रीदर ३९० रुपियाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपियाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपियाँ ९१ पैसा रहेको छ । यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..