म्याग्दी, माघ ११ गते । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर (केबी) भण्डारीले चुनावी अभियानलाई जनमुखी, प्रभावकारी र परिणाममुखी बनाउन म्याग्दी जिल्लाका मतदाताबाट सुझाव आह्वान गर्नुभएको छ । भण्डारीले मतदाताहरुबाट सल्लाह सङ्कलन गर्ने उद्देश्यसहित उहाँले क्यूआर कोड समेत सार्वजनिक गर्नुभएको छ ।
भण्डारीले सामाजिक सञ्जालबाट म्याग्दी जिल्लाको भविष्य निर्माणाको अभियानमा मतदाता, शुभचिन्तकहरुको सुझवा अमृत सरह हुने भन्दै क्यूआर कोडमार्फत सुझाव, सल्लाहलाई आधार बनाएर चुनावी प्रतिबद्धतासहित घरदैलोमा पुग्ने बताउनुभएको छ ।
उम्मेदवार भण्डारीले मतदातामार्फत प्राप्त सुझावलाई मनन् गर्दै अघि बढने योजना मुताविक क्यूआर सार्वजनिक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आम जनताले सुझाव प्रदान गरी समृद्ध र विकसीत म्याग्दी बनाउने अभियानमा सहयोग गर्नुहोस ।’’ जनताले दिएको सुझाव समेट्दै नेपाली कांग्रेस पार्टीले बनाएको प्रतिबद्धता र मतदाताको सुझावलाई आत्मसाथ गरी अघि बढ्नेछु उम्मेदवार भण्डारीले भन्नुभयो ।

निर्वाचन एउटा मार्ग हो यसैलाई टेकेर जिल्लाका सबै स्थानीय तहको वडा तथा बस्तीको सम्भावनालाई पहिचान गरी विकासका साझा गन्तव्य र प्राथमिकता चयन गर्ने उहाँको भनाइ छ । उम्मेदवार भण्डारीले भन्नुभयो, ‘‘मेरा योजनामा समेत यो क्यूआर कोडमार्फत प्राप्त हुने सुझावले सहज हुनेछ ।’’
नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले शनिबार बिहान स्वतन्त्र उम्मेदवार डा. महावीर पुनलाई समेत भेटेर लोकतन्त्रको सुन्दर अभ्यास निर्वाचनलाई भयरहित, शान्त र निष्पक्ष बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । म्याग्दीमा स्वतन्त्र एक जना र ११ राजनैतिक पार्टीका गरी १२ जना उम्मेदवार छन् ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा विगतको निर्वाचनको परीणाम हेर्दा मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको मुख्य प्रतिस्पर्धा हुँदै आएको छ ।
– अमृतप्रसाद पौडेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











