काठमाडौँ, पुस २७ गते । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा (एमाले) का केन्द्रीय सदस्यहरुले काठमाडौँमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन व्यस्त रहेका छन् ।
सातै वटा प्रदेशका संयोजकहरूले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसहितको बैठक बोलाएका हुन् । यस्तो बैठक कतिपयले पार्टी केन्द्रीय कार्यालय च्यासलमा त कतिपयले आफूलाई अनुकुल हुने स्थानमा आयोजना गरेका छन्।

केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रीत रणनीति बनाउन सहज होस् भन्ने उद्देश्यले सबै प्रदेशका संयोजकहरूले बैठक बोलाएका हुन् । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आज बैठक बोलाएका छन् । मधेश, बागमती, कोशी, सुदूरपश्चिमले सोमबारका लागि बैठक बोलाएका छन् । कतिपय प्रदेशका बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैं उपस्थित हुने तयारी गर्नुभएको कार्यालय सचिव अधिकारीको भनाइ छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














