काठमाडौं, माघ ९ गते । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्माले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि रुकुम पश्चिममा आफूलाई अन्य दलका नेता तथा कार्यकर्ताहरुले पनि साथ दिने खुलासा गरेका छन् । माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियाबाट बाहिरिएका जनार्दनले आफ्नै पहलमा प्रगतिशील लोकतान्त्रिक पार्टी जन्माएका छन् । उनले चुनावमा यही दलबाट उम्मेदवारी दर्ता गराएका छन् । तर, उनलाई सो क्षेत्रमा आफ्नो पूरानो दलका नेता गोपाल शर्मा अनलले चूनौति दिने बुझिएको छ ।
यता, शर्माले भने यसपटकको निर्वाचनमा आफूलाई अन्य दलका नेता तथा कार्यकर्ताको पनि साथ रहने दाबी गरेका छन् । उनले आफू सधैँ रुकुमको साझा उम्मेदवारको रूपमा रहेको बताएका छन् । उनले आफूले चुनाव जितेपछि कसैलाई पनि राजनीतिक आस्थाका आधारमा विभेद नगरेकाले विपक्षी दलका कार्यकर्ताले समेत फोन गरेर अभिभावक चाहिएको भनेकोले चुनावी मैदानमा उत्रिएको बताउने गरेका छन् ।
प्रलोपाका अर्का संरक्षक डा. बाबुराम भट्टराईले भने आजमात्रै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले फेशबुकमार्फत आफू चुनावी प्रतिष्पर्धाबाट ब्याक भएको खुलासा गरेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















