काठमाडौं, माघ ९ गते । कास्कीमा सरकारी कर्मचारीले निर्वाचन लक्षित पोष्ट सेयर, लाइक कमेन्ट गर्न नपाउने भएका छन् । निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अवधिभर सरकारी कर्मचारीले निर्वाचन लक्षित पोष्ट सेयर गर्न तथा लाइक, कमेन्ट गर्न नपाउने भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा विहिबार बसेको कास्कीका कार्यालय प्रमुखहरुको बैठकले सबै कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा कर्मचारी एवम् सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सामाजिक सञ्जालमा पूर्ण रुपले आचारसंहिता पालना गराउने निर्णय गरेको हो । काकीमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई सो प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताएका छन् ।
बरालका अनुसार निर्वाचन आचारसंहिता २०८२ ले सरकारी कर्मचारीलाई कुनै पनि तरिकाले निर्वाचनको प्रचारप्रचारमा सहभागी हुन प्रतिबन्ध लगाएको छ । निजामती सेवा ऐनले समेत सरकारी कर्मचारी राजनीतिमा सहभागी हुन नपाइने भनेको उल्लेख गर्दै निर्वाचन लक्षित पोष्ट सेयर गर्न तथा लाइक र कमेन्ट गर्न प्रतिबन्ध लगाइएको बरालले बताएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















