01/23/2026, 17:37:29
शुक्रबार, माघ ०९, २०८२

उम्मेदवारी फिर्ता लिनेबारे छलफलमा बाबुराम


काठमाडौँ, माघ ९ गते । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता गर्नेबारे पार्टीमा छलफल गरेका छन् । फागुन २१ गते हुन लागेको निर्वाचनका लागि डा.भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो । तर, सो क्षेत्रका अन्य दलका युवा उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भट्टराईले आफ्नो निर्णयबारे पुनर्विचार सुरु गरेका हुन् ।

उम्मेदवारी फिर्ता लिनका लागि आज समय रहेको छ । स्रोतले भन्यो, ‘डा.साबलाई सबैले तपाईं निर्वाचन लड्ने भन्दा पनि अभिभावक बनिदिन आग्रह गर्नुभएको छ । त्यही भएर आज उहाँले पार्टीमा यसबारे छलफल गर्नुभएको हो ।’


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..