01/14/2026, 17:19:40
बुधबार, पुष ३०, २०८२

प्रचण्डसँगको पार्टीसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रुपमा भ्रामक र असत्य हो : अध्यक्ष घिसिङ


काठमाडौं, पुस ३० गते । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो दलले कुनैपनि दलसँग एकता गर्न नलागेको स्पष्ट पारेका छन् । उनले विभिन्न सामाजिक सञ्जालमा आफू अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी, आफ्नो नाम जोडेर अन्य पार्टीहरुसँग विशेषगरि प्रचण्डले नेतृत्व गरेको नेपाली कम्युनिष्ट पार्टीलगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रुपमा भ्रामक र असत्य भएको स्पष्ट पारेका छन् ।

आज फेशबुकमार्फत आफ्नो धारणा राख्दै घिसिङले उनेपा कुनैपनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रुपमा अगाढि बढिरहेको र भविष्यमा पनि त्यसैगरि अघि बढ्ने स्पष्ट पारेका छन् । उनले लेखेका छन्-

विभिन्न सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो। उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु। यस्ता निराधार र भ्रम फैलाउने समाचारमा विश्वास नगर्नुहुन सबैमा हार्दिक अनुरोध गर्दछु।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..