काठमाडौं,माघ ८ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले चुनावी अभियानलाई तीब्र बनाएका छन् । उनी आज (बिहीबार) एकैदिन तीन वटा जिल्लाको चुनावी सभामा सहभागी भएका छन् ।
बालेन विहान इलाम सदरमुकाम चोकबजारमा आयोजित सभामा सहभागी भएका थिए । त्यहाँ उनले रास्वपा इलाम–२ का उम्मेदवार गोकुल राई र इलाम–१ का उम्मेदवार विमल गदालसँग भेटवार्ता गरेका थिए ।
इलामको कार्यक्रम सकेर बालेन पाँचथरको फिदिम बजारमा पुगेका थिए । त्यहाँ उनले पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार महेन्द्र विक्रम थाम्सुहाङलाई भेटेका थिए । इलामबाट कार्यक्रम सकेर बालेन ताप्लेजुङ पुगेका छन् ।
ताप्लेजुङमा बालेनले रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार वीरेन्द्र श्रेष्ठ र समानुपातिक उम्मेदवार निर्मला खिम्दिङलगायतसँग भेट गरेका छन् । बालेनले भने झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराएका छन् । बालेनका प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् । झापा ५ मा बालेन र ओलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












