तनहुँ, माघ ८ गते । तनहुँमा उम्मेदवारी दर्ताका क्रममा मुख्य राजनीतिक दलका साथै साना दल र स्वतन्त्र उम्मेदवारको उत्साह देखिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँका दुई निर्वाचन क्षेत्रमा गरी २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा १६ जना र क्षेत्र नम्बर २ मा १२ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर १ मा १६ जनाको उम्मेदवारी परेको छ, जसमा तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले) का भगवती न्यौपाने र नेकपा (माओवादी) का ओमविक्रम पन्तले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेकपाका विद्यानाथ ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदत्त जोशी, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा र नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले चुनावी मैदानमा उत्रनुभएको छ । अन्य उम्मेदवारमा नेसनल रिपब्लिक नेपालका सुमन थापामगर, उज्यालो नेपाल पार्टीका मन्जिल राना र श्रम संस्कृति पार्टीका काशीराम गुरुङ हुनुहुन्छ । स्वतन्त्रतर्फ दीपकराज जोशी, सन्देश रानाभाट लौडारी र लेखनाथ खनालले उम्मेदवारी दिनुभएको छ । यस क्षेत्रमा १६ उम्मेदवारमध्ये एमालेकी न्यौपाने र नेमकिपाकी दुवाल गरी दुई जना मात्र महिला हुनुहुन्छ । निर्वाचन क्षेत्र नम्बर १ मा २०८० को उपनिर्वाचनका मुख्य प्रतिस्पर्धीहरू पुनः आमनेसामने भएका छन् । गत उपनिर्वाचनमा विजयी हुनुभएका रास्वपाका डा. वाग्ले र कांग्रेसका भट्टराईबिचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । यस पटक यी दुई प्रतिस्पर्धीलाई एमालेकी भगवती न्यौपानेले कडा टक्कर दिने अनुमान गरिएको छ । पूर्वमन्त्रीसमेत रहनुभएकी स्पष्ट वक्ता एवं लोकप्रिय नेतृ न्यौपानेले आफू विजयी हुने दाबी गर्नुभएको छ । यस क्षेत्रका उम्मेदवारमध्ये राप्रपाका जोशी (कञ्चनपुर), नेमकिपाकी दुवाल (भक्तपुर) र रास्वपाका डा. वाग्ले (गोरखा) गरी तीन जना बाहिरी जिल्लाका हुनुहुन्छ ।
यसै गरी क्षेत्र नम्बर २ मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका शङ्कर भण्डारी, नेकपा (एमाले) का केदार सिग्देल, नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा र रास्वपाका इन्जिनियर श्रीराम न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका यामबहादुर खाँण, उज्यालो नेपाल पार्टीका मनराज गुरुङ, मङ्गोल नेसनल अर्गनाइजेसनका सुषमा आले, नेसनल रिपब्लिक नेपालका नमबहादुर रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, नेकपा माओवादीका गणेश लामगादे र राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर गोतामेले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीका प्रमुख भेषराज पौडेलले जानकारी दिनुभयो ।
नेकपा माओवादीका गणेशबहादुर गोतामे मुख्य प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीराम न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका यमबहादुर ठकुरी, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्की (गोतामे), नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर राना र मङ्गोल नेसनल अर्गनाइजेसनका सुषमा आलेले पनि उम्मेदवारी दिनुभएको छ । अन्य उम्मेदवारमा नेसनल रिपब्लिक नेपालका नमबहादुर राना, नेमकिपाका लक्ष्मण अधिकारी, नेकपाका सोमबहादुर थापा र उज्यालो नेपाल पार्टीका मनराज गुरुङ रहनुभएको छ । यस क्षेत्रमा सुषमा आले एक्ली महिला उम्मेदवार हुनुहुन्छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













