काठमाडौँ, माघ ८ गते । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रयोग गरेको भाषिक अभिव्यक्तिलाई लिएर आफूबाट सार्वजनिक रूपमा भएको टिप्पणीप्रति क्षमा व्यक्त गरेका छन्।
जनकपुरमा आयोजित रास्वपाको चुनावी सभामा साहले मैथिली भाषामा सम्बोधन गर्ने क्रममा ‘मधेसी छौरा प्रधानमन्त्री बन्ने’ भन्ने भावको अभिव्यक्ति दिएका थिए। सोही सन्दर्भमा मैथिली भाषाको अर्थ के लाग्छ भन्ने विषयमा बस्नेतले राखेको जिज्ञासालाई केही व्यक्तिहरूले गलत आशयका साथ प्रस्तुत गरेको उनको भनाइ छ।
बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मधेस, मैथिली भाषा, संस्कृति र पहिचानप्रति आफू सधैँ सम्मानशील रहेको स्पष्ट पारे। आफूले नबोलेका वा फरक आशय निहित नभएका विषयलाई तोडमोड गरी प्रचार गरिएकोप्रति आपत्ति जनाउँदै उनले यस्ता प्रचारबाट भ्रमित नहुन आग्रह गरेका छन्।
उनले उक्त प्रक्रियामा कसैको भावना अनाहकमा आहत भएको भए त्यसप्रति आत्मालोचना गर्दै क्षमायाचना गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













