01/22/2026, 10:23:17
बिहिबार, माघ ०८, २०८२

आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, माघ ८ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ४२ पैसा र बिक्रीदर १४७ रुपियाँ २ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ५१ पैसा र बिक्रीदर १७२ रुपियाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ ४० पैसा र बिक्रीदर १९२ रुपियाँ २१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपियाँ ९४ पैसा र बिक्रीदर १८५ रुपियाँ ७० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९८ रुपियाँ ८५ पैसा र बिक्रीदर ९९ रुपियाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपियाँ ९१ पैसा र बिक्रीदर १०६ रुपियाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ११ पैसा र बिक्रीदर ११४ रुपियाँ ५८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ३ पैसा र बिक्रीदर २१ रुपियाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ५ पैसा र बिक्रीदर ३९ रुपियाँ २१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ६ पैसा र बिक्रीदर ४० रुपियाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ७१ पैसा र बिक्रीदर चार रुपियाँ ७३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ८६ पैसा र बिक्रीदर ४० रुपियाँ ३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ १८ पैसा र बिक्रीदर ३६ रुपियाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ७ पैसा र बिक्रीदर १६ रुपियाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१२ रुपियाँ ९६ पैसा र बिक्रीदर २३ रुपियाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ७८ पैसा र बिक्रीदर १८ रुपियाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४७९ रुपियाँ २० पैसा र बिक्रीदर ४८१ रुपियाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपियाँ ३६ पैसा र बिक्रीदर ३८९ रुपियाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपियाँ ३४ पैसा र बिक्रीदर ३८१ रुपियाँ ८९ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..