01/21/2026, 20:58:44
बुधबार, माघ ०७, २०८२

मन्त्रालयका काम परिणामुखी बनाउन सञ्चार सचिव बस्नेतको निर्देशन


काठमाडौँ, माघ ७गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले सबैको साथ सहयोग र समन्वयमा मन्त्रालयका कामलाई परिणाममुखी बनाइने बताउनुभएको छ ।

आज मन्त्रालयमा पद वहालीका क्रममा उहाँले सेवा प्रवाहलाई नागरिकमैत्री, चुस्त र प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

यो मन्त्रालय मेरा लागि नितान्त नयाँ हो, प्रशासनिक धेरै अनुभव हासिल गरेँ,” उहाँले भन्नुभयो, “परिणाममुखी नतिजा दिन सबै जिम्मेवार भएर लाग्नुपर्छ ।

यसअघि उहाँ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..