01/21/2026, 20:01:04
बुधबार, माघ ०७, २०८२
साफ महिला फुटसल च्याम्पियनसिप

साफ महिला फुटसल : नेपालले पाकिस्तानलाई हरायो


काठमाडौँ, माघ ७ गते । नेपालले थाइल्यान्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिप मा पाकिस्तानमाथि फराकिलो जित निकालेको छ ।

नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई ५–१ गोलले हरायो । नेपालको जितमा मनिषा थापामगरले दुई तथा रोशनी बोहोरा, दिपा राई र जेनिफर रानाले एक एक गोल गर्नुभयो ।

जितसँगै पाँच खेलबाट सात अङ्क बनाएको नेपाल तेस्रो स्थानमा उक्लिएको छ । पाकिस्तानको पनि समान खेलबाट सात नै अङ्क छ । यसअघि नेपाल श्रीलङ्कासँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

blog

नेपालले अर्को खेलमा माल्दिभ्समाथि ५–० गोलको जित निकालेको थियो । यस्तै नेपाल भारतसँग ८–१ र बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । नेपालले अब भुटानसँग खेल्न बाँकी छ ।