01/20/2026, 17:01:30
मङ्गलबार, माघ ०६, २०८२
साफ यु–१९ महिला च्याम्पियनसिप

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपालको पहिलो खेल भारतसँग


काठमाडौँ, माघ ६ गते । पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले मङ्गलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालको पहिलो खेल भारतसँग परेको हो ।

पोखरा रङ्गशालामा हुने च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश र भुटान चार टोलीको सहभागिता रहने छ ।

सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने खेलमा लिगपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुने छ ।