काठमाडौं,माघ ६ गते । विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, उनका बयान लिइसकिएको र हिरासतमा राख्न आवश्यक नहुने भएकाले आफन्तको जिम्मामा छोडिएको हो।
प्रसाईँ पोखरा–लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्कने क्रममा हिजो चाउथेबाट पक्राउ परेका थिए। उनले कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले आइतबार कारबाही प्रक्रियाको लागि साइबर ब्युरोमा पत्राचार गरेको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













