01/20/2026, 17:04:08
मङ्गलबार, माघ ०६, २०८२

प्रतिस्पर्धीलाई नै प्रस्तावक बनाएर उम्मेदवारी दर्ता


गोरखा, माघ ६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गराएका छन् ।

बुर्लाकोटीले मंगलबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र पेस गरेका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा हरिशरण आचार्य र समर्थकमा सुकबहादुर तामाङ रहेका छन् । रास्वपामै कविन्द्र र हरिशरणले यस ठाउँमा टिकटलिन प्रतिस्पर्धा गरेका थिए ।

पार्टीको जिम्मेवारी बहन गर्दै चुनावी मैदानमा ओर्लिएका बुर्लाकोटीका लागि यो क्षेत्र नौलो भने होइन । उनी यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए । यद्यपि, उक्त निर्वाचनमा उनी प्रचण्डसँग पराजित भएका थिए ।

अघिल्लो निर्वाचनको अनुभव र पार्टी संगठनको विस्तारसँगै बुर्लाकोटी यसपटक थप सशक्त रूपमा चुनावी मैदानमा उत्रिएका छन् । रास्वपाले गोरखा–२ लाई प्रतिष्ठाको विषय बनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..