01/20/2026, 10:26:49
मङ्गलबार, माघ ०६, २०८२

बिक्री हुँदैनन् सुनका पुराना गहना


काठमाडौँ, माघ ६ गते । बजारमा पुराना सुनका गहना बिक्री हुुन छाडेका छन् । सुनको मूल्य निरन्तर बढ्दै गएपछि सुन व्यापारीले पुराना गहना खरिद गर्न छाडेका हुन् ।

ठुुला सुन पसलमा बिल भएका ग्राहकले ल्याएका एक/दुई तोलासम्म बिक्री भए पनि ससाना पसलमा भने पुराना गहनाको बिक्री हुन छोडेको छ ।

पुराना गहना बिक्री नहुुँदा गहना बिक्री गरेर घरखर्च चलाउन खोज्ने उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । सुनको मूल्य बढेका बेला ग्राहकले पुराना गहना बिव्रmी गर्ने र त्यसमा थपेर नयाँ गहना खरिद गर्ने गरेका थिए तर पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै गएपछि व्यापारीले पुराना गहना खरिद गर्न छोडेका हुुन् ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बिल लिएर आउने ग्राहकका एक/दुुई तोलासम्मका पुराना गहना खरिद भए पनि धेरै गहना खरिद गर्न नसक्ने अवस्था रहेको जानकारी दिनुभयो । “मूल्य बढेपछि सुनको व्यापार ९० प्रतिशतले गिरावट आएको छ,” उहाँले भन्नुभयो, “मूल्यको अनिश्चितता र पुुँजीको अभावले गर्दा व्यापारीले पुराना गहना खरिद गर्न चाहँदैनन् ।

अस्वाभाविक रूपमा बढेको सुनको मूल्य घट्न सक्ने आशङ्का भएकाले पनि पुराना गहना खरिद नभएको उहाँको भनाइ छ । मूल्य बढेपछि सुनको कारोबार नहुुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको व्यवसायीको भनाइ छ । मुलुकभर २२ हजार सुनचाँदी पसल सञ्चालन छन् ।

पछिल्लो एक महिनादेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ । सुनको मूल्य बढेर तोलामा तीन लाख रुपियाँ पुग्ने देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुुसार एक महिनाको अवधिमा सुनको मूल्य तोलामा २२ हजार रुपियाँले बढेको छ ।

स्थानीय बजारमा सोमबार सुनको मूल्यले बढेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला दुुई लाख ७७ हजार आठ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा चार हजार दुई सय रुपियाँले बढेर दुई लाख ८२ हजार पुगेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य चार हजार ६७७ अमेरिकी डलरमा कारोबार भएको छ । माघ सुरु भएदेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ । चार दिनको अवधिमा बजारमा सुनको मूल्य तोलामा पाँच हजार पाँच सय रुपियाँले बढेको छ ।

अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणसँगै सुनको मूल्य निरन्तर बढ्दै गएको छ । व्यवसायीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन मुलुकमा कर लगाउने घोषणा र अमेरिकी फिडरल रिजर्भ बैङ्कलाई ब्याजदर घटाउन दबाब दिएका कारण गर्दा पनि पछिल्लो समय सुनसँगै चाँदीको मूल्य निरन्तर बढ्दै गएको हो ।

यस्तै चाँदीको मूल्यसमेत निरन्तर बढ्दै गएर तोलामा छ हजार नजिक पुगेकोे छ । आइतबार पाँच हजार ६२५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा १८५ रुपियाँले बढेर पाँच हजार ८१० रुपियाँ पुगेको महासङ्घले जनाएको छ ।

पछिल्लो चार दिनको अवधिमा चाँदीको मूल्य तोलामा ३१० रुपियाँले बढेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔँस ९३.७६ अमेरिकी डलर पुगेको छ । सुनको मूल्य निरन्तर बढ्दै गएपछि विभिन्न देशले सुनको मौज्दात बढाएका छन् ।

विश्व सुन परिषद्का अनुुसार सबैभन्दा धेरै अमेरिकासँग आठ हजार १३३ टन सुन र सबैभन्दा कम मेक्सिकोमा १२० टन सुन मौज्दात रहेको छ । यस्तै जर्मनीमा तीन हजार ३५० टन सुन मौज्दात छ । चीनमा दुई हजार ३०३ टन, भारतमा ८८०.१८ टन, जापानमा ८४५.९७ टन रहेको छ । यस्तै पोल्यान्डमा ५१५, बेलायतमा ३१० टन, अस्टे«लियामा २७९ टन, बेल्जियममा २२७, थाइल्यान्डमा २३४ र सिङ्गापुरमा २०४.७१ टन मौज्दात रहेको छ । नेपालमा भने सुनको मौज्दात न्यूून छ ।

– लक्ष्मी सापकोटा