काठमाडौँ, पुस २३ गते । नेपाल राष्ट्र बैंकले पुनः एक वर्षे अवधिका लागि २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ङ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंक अनुसार यसको बोलकबोल मंगलबार (पुस २३) मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत हुने बताइएको छ भने ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।
यसको सावाँ आगामी २०८३ पुस २३ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
ऋणपत्रको परिपक्व मिति अगावै सोबापतको रकम फिर्ता नहुने पनि राष्ट्र बैंकले जनाएको छ ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















