01/19/2026, 20:26:28
सोमबार, माघ ०५, २०८२

कमल थापालाई टिकट दिएपछि हिक्मत कार्कीले छोडे राप्रपा


पोखरा,माघ ५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी परित्याग गरेका छन् । पार्टीको नेतृत्वले टिकट वितरणमा मनपरी गरेको भन्दै उनले सोमबार पार्टी छोडेका हुन् ।

राप्रपाले काठमाडौँ–५ मा कमल थापालाई टिकट दिने निर्णय गरेको छ । उक्त क्षेत्रमा हिक्मत प्रबल दाबेदार थिए । थापालाई टिकट दिएको विषयप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छोड्ने निर्णय गरेका हुन् ।

राप्रपाको केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका उनले पार्टीभित्रको पछिल्लो गतिविधिका कारण आफूलाई बस्न असम्भव भएको बताएका छन् ।

‘पार्टीभित्रको अहिलेको परिवेशले गर्दा त्यहाँ बस्न असम्भव हुँदो रहेछ, त्यसैले मैले छोड्ने निर्णय गरेको हुँ,’ रातोपाटीसँग कुरा गर्दै उनले भने ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..